• २०८२ बैशाख ७ गते आइतवार

भेरी नदीमा दुई जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, सुर्खेत। सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका –३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहनुभएको छ ।

शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा उहाँहरू बेपत्ता हुनुभएको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका प्रमुख एसपी विमल डाँगीले जानकारी दिनुभयो ।

तिहारमा देउसीभैली खेलेर उठेको पैसाले उहाँहरू भेरीगंगा नगरपालिकाको सत्तरीमा पिकनिक खान जानुभएको थियो । बेपत्ता हुनेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस