• २०८१ साउन ३ गते बिहिवार

सीवाइसी लघुवित्तको नाफा ५५.०८ प्रतिशतले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तथ्यांक हो । त्यसअघिल्लो वर्ष यही अवधिमा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा यो अवधिमा ५५.०८ प्रतिशतले नाफा बढाएको हो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२.११ प्रतिशत र खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस