• २०८१ चैत्र १ गते शनिवार

राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट धान रोपे 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए ।

१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् ।

प्रतिक्रिया दिनुहोस