चैत १५, काठमाडौं । बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबीच विवाद बढेपछि कार्यालय नै बन्द गरिएको छ। विवाद बढेपछि केन्द्रीय कार्यलय व्यवस्थापन विभागले सुचना निकालेर तत्काललाई कार्यलय बन्द गरेको हो।
अहिले पार्टी कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित क्षति नियन्त्रण लागि नेपाल प्रहरीले कार्यलयमा सुरक्षा दिएको हो । निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको थियो।
असन्तुष्ट समूहले रवीन्द्र मिश्रले एकपक्षीयरूपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै पछिल्ला दिन समानान्तर भेलालाई तीव्रता दिएको छ। यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ। यही दाबीका बीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि तनाव भएको थियो।