• २०८१ चैत्र ३ गते सोमवार

ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन् ।

कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको छ । मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस