• २०८१ असोज २२ गते मङ्गलवार

पोखरामा आजदेखि आहा रारा गोल्डकप, उद्घाटनमा आयोजक र धरान भिड्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, कास्की । पोखरामा आजदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छन ।

प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजक छन् ।

यो वर्ष पुरस्कार राशीमा समेत बृद्धी भएको छ । यसअघि १० लाख पुरस्कार रहेकोमा अहिले २ लाख थपेर १२ लाख बनाइएको छ । दोश्रो पुरस्कार ६ लाख छ । बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यो पटक आहा रारा पोखरा गोल्डकपको प्रि क्वार्टरफाइनलको खेल हेर्न दर्शकले १ सय, सेमिफाइलका लागि २ सय र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकट दर तोकेको छ। प्रतियोगिता अवधिभरको सिजनल टिकटका लागि दुई हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस