• २०७९ असोज ९ गते आइतवार

अरुले गरेन भनेर हेर्ने बेला छैन : स्वतन्त्र उम्मेदवार प्रशन्न अर्याल (भिडियाे सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं-७ बाट ओरियन्ट कलेजका सह–प्राचार्य प्रशन्न अर्यालले उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्यालले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

काठमाडाैं निर्वाचन क्षेत्र नं. ७ का स्वतन्त्र उम्मेदवारकाे धाेषणा गरेका स्वतन्त्र उम्मेदवार प्रशन्न अर्यालले अरुले गरेन भनेर हेर्ने बेला नभएकाे बताएका छन । आज रिपोर्टर क्लबमा आयोजित कार्यक्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै लामो समय देखि यस क्षेत्रमा सोचेजस्तो विकास नभएकाले आफुले उम्मेदवारी दिएको जनाएका हुन । आफ्नो क्षेत्रले गत २०६४ सालदेखि कोही पनि स्थायी नेता नपाएको बताउदैं उनले आफ्नाे उम्मेदवारीले आफ्नाे क्षेत्रले विकास पाउने बताए ।

काठमाडाैं निर्वाचन क्षेत्र नं. ७ तारकेश्वर ५ गाेलढुङ्गाका स्थानिय बासिन्दा समेत रहेका अर्यालकाे प्रतिनिधी सभामा रहेकाे उम्मेदवारीलाइ अर्थपुर्ण तरिकामा हेरिएकाे छ ।

हेर्नुहोस भिडियो

 

प्रतिक्रिया दिनुहोस