• २०८१ साउन ४ गते शुक्रवार

भाईको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १२,मुम्बई । बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।

‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ । फिल्ममा उनको शैली निकै फरक देखाइएको छ । सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ ।

सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन् । तर फिल्म बक्सअफिसमा असफल साबित भयो । सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस