• २०८१ चैत्र १३ गते बिहिवार

तीन वर्षीया बालिका करणी आरोपमा २५ वर्षीय युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, पाल्पा। पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस