चैत १४, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका—९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याइएको केही समयमै अस्पताले मृत घोषणा गरेको थियो ।
श्रीमती, छोरा, छोरी र ज्वाइँसहित उनी पाथीभरा मन्दिरमा पूजा गर्न पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढुंगाना दमको रोगबाट ग्रसित व्यक्ति हुन्। उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिए ।