• २०८१ मङ्सिर २३ गते आइतवार

भारतीय सेनाका लेफ्टिनेन्ट मुस्ताङमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, जोमसोम । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन आइतबार बिहान मुस्ताङ आइपुगेका छन् । नेपाली सेनाको सैनिक हेलिकोप्टरमार्फत मुस्ताङ आएका उनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।

नेपाली सेनाको समन्वयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणन अनौपचारिक भ्रमणको शिलशिलामा बिहान करिब ९ बजे मुक्तिनाथ पुगेका थिए । उनले त्यहाँ करिब डेढ घण्टा मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जनरल पीएन अनन्थनारायणन मुक्तिनाथ पुग्दा सुरक्षा निगरानीमा कडाई गरिएको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मुक्तिनाथको दर्शन गरेका थिए । मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल हो।

प्रतिक्रिया दिनुहोस