• २०७९ असोज ९ गते आइतवार

कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल दोस्रो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । सार्क राष्ट्रहरुमध्ये कोभिड–१९ बाट संक्रमणमुक्त हुनेमा नेपाल दोस्रो स्थानमा रहेको छ । संक्रमणमुक्त हुने दरका आधारमा भारत पहिलो र नेपाल दोस्रोमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार भारतमा संक्रमणमुक्त हुने दर ९८.५ छ भने नेपालमा ९७.८ प्रतिशत छ । सबैभन्दा कम संक्रमणमुक्त हुनेमा भने भुटान ६५.३ प्रतिशत रहेको छ । त्यहाँ अहिले पनि कुल संक्रमितमध्ये ३४.६ प्रतिशत सक्रिय संक्रमित छन् । नेपालमा कुल संक्रमितको संख्या ११ लाख १६ हजार १९१ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ छ ।

प्रतिक्रिया दिनुहोस