• २०८१ चैत्र ३ गते सोमवार

तारकेश्वरमा जुवाखालबाट ८ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडेलाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ । प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस