• २०८२ बैशाख ७ गते आइतवार

सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीको तालमेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेतअनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ ।

माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन् । कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् ।माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा २, ४, ५ र ७ नम्बर वडा एकीकृत समाजवादीको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस