• २०८१ भाद्र २४ गते सोमवार

अर्थ बेगरको कागजको खोस्टो पारित भयो : प्रमुख सचेतक भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले सत्ता गठबन्धनले पारित गरेको व्याख्यात्मक घोषणालाई कागजको खोस्टोको संज्ञा दिनुभएको छ । उहाँले उक्त कुराको कानुनी मान्यता नहुने समेत दावी गर्नुभयो ।

नेपाल र अमेरिकाबीच गरिएको सम्झौतालाई एक पक्षिय रुपले व्याख्यात्मक घोषणा गर्नु अन्तर्राष्ट्रिय स्तरमा मान्यता नहुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसको न राजनीति अर्थ छ, न कानुनी न कुनै नैतिक अर्थ छ। कुनै अर्थ बेगरको कागजको खोस्टो पारित गरेर अलिकति फेस सेभिङ गर्नका लागि उहाँहरूको प्रयास निर्थक छ । यस्तो खालको बेतुकको कागज पास गरेर जुन खालको एमसिसी पास गर्नुभएको छ । यसबाट मुलुकबासी जनता आश्चर्यचिक हुनु भएको छ।’

आजको बैठकले एमसीसी पास गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बिच एमसीसी पारित गरिएको छ । सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेस, मााओवादी केन्द्र, नेकपा समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायतका दलहरुको समर्थनमा पारित गरिएको हो । एमालेले भने उक्त छलफलमा सहभागिता जनाएन । त्यस्तै नेपाल मजदुर किसान पार्टीले भने एमसीसीको विरुद्धमा प्रस्तुत गरेको थियो । सरकारले एमसीसीमा भएका संकाहरुलाई निवारण गर्न व्याख्यात्मक टिप्पणी गर्दैै पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस