फागुन १५, काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव पारित गर्न सभामा प्रस्तुत गर्र्नुभएको प्रस्तावलाई ध्वनिमतले पारित गरिएको हो ।
सत्तारुढ दलले विभिन्न १२ बुँदामा विवादित भनिएका विषयका सम्बन्धमा स्पष्ट पार्दै मन्त्रिपरिषदले पारित गरेको व्याख्यात्मक प्रस्ताव पेश गरेको हो । लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता नरहने र विद्यमान नेपालको कानूनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ।
पूर्णपाठ