फागुन १५, काठमाडौं । प्रतिनिधसभाको बैठक फागुन १८ गतेसम्मका लागि स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले फागुन १८ गते दिउँसो १ बजेसम्मलाई स्थगित गरेका हुन् ।
आइतबार दिउँसो ३ बजे बसेको पहिलो बैठकले एमसीसी सैद्धान्तिक छलफल प्रस्ताव स्वीकृत गरेको थियो भने साँझ साढे सात बजेको दोस्रो बैठकले एमसीसी अनुमोदन प्रस्ताव बहुमतले पारित गरेको छ ।