• २०८१ फाल्गुन ७ गते बुधवार

नेप्सेमा ७.७३ अंकको गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५ , काठमाडौ। नेप्सेमा आज पनि उतारचढावबीच ७.७३ अंकको गिरावट भएर २६५३.७० अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत् र अन्य उपसूचक भने वृद्धि भएको छ ।

त्यसबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचकमा समान्य गिरावट हुँदा कारोबार रकम ३ अर्बएमा सिमित भएको छ । आज बजारमा ३ अर्ब २७ करोड ३० लाख ६६ हजारको कारोबार हुँदा युनिभर्सल पावरको सर्वाधिक २० करोड र नेपाल दुरसञ्चार कम्पानीको १९ करोडको कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोडको सेयर कारोबार भयो ।

आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आउँदा ११७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । ७० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस