फागुन १५, एजेन्सी । रुसी सेना युक्रेनको खार्किभ सहरमा प्रवेश स् नोभा काखोभकामा कब्जा जमायो रुसद्वारा युरोप ग्यास लाने पाइपलाइनमा विस्फोट : के हुन्छ यसको असररु रुसी हमलाले किभको हावामा सास फेर्न गाह्रो ! घरका झ्याल बन्द राख्न प्रशासनको अनुरोध एलन मस्कले युक्रेनलाई स्टारलिंकद्वारा इन्टरनेट दिने जर्मनीले युक्रेनका लागि नीति परिवर्तन गर्यो ।
युक्रेनले रसियासँग बेलारुसमा वार्ता गर्न अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस रसियाको सहयोगी भएकाले त्यहाँ वार्तामा बस्न असहजता महसुस गरेका हुन् ।
जेलेन्स्कीले सैन्य आक्रमण नभएको भए बेलारुसको राजधानी मिन्स्कमा वार्ता गर्न सम्भव भए पनि युद्धको अवस्थामा बेलारुस रसियाको पक्षमा उभिएकाले त्यहाँ वार्ता गर्न नसकिने प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ । बेलारुस रसियाको निकट सहयोगी भएको र युक्रेनमाथि रुसी सैन्य हमलालाई समर्थन गरेको भन्दै जेलेन्स्कीले त्यहाँ वार्तामा नबस्ने अडान लिएका हुन् । उनले बेलारुसबाहेक युक्रेनप्रति सद्भाव राख्ने कुनै पनि देशमा वार्ता गर्न तयार रहेको पनि बताएका छन् ।
यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोवले युक्रेनसँग वार्ता गर्न रुसी प्रतिनिधिमण्डल बेलारुस पुगिसकेको बताएका छन् । प्रतिनिधिमण्डलमा रूसी विदेश मन्त्रालय, रक्षा मन्त्रालय र अन्य विभागका प्रतिनिधि छन् । रुसले बेलारुसको गोमेल भन्ने ठाउँमा वार्ता प्रस्ताव गरेको छ । रुसी सैनिक युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा पुगिसकेको छ ।