• २०८१ असार ३ गते आइतवार

रुसी सेनाद्वारा युक्रेनका ग्याँस पाइपलाइनमा आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेका विभिन्न तेल तथा ग्याँस खानीमा आक्रमण गरेको छ । राजधानी युक्रेनको राजधानी किभबाट ३० किलोमिटरको दूरीमा रहेको वासिलकिभ आयल टर्मिनलमा मिसाइल प्रहार गरी आक्रमण गरेको हो ।

सार्वजनिक गरिएको आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा लागेको आगलागी देखाइएको छ । उक्त आक्रमणबाट लागेको आगलागीबाट फैलिएको धुवाँले युक्रेनका अन्य सहरमा समेत वायु प्रदूषण गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । त्यस्तै पूर्वी युक्रेनमा रुसी समर्थक विद्रोहीहरूले समेत रोभेंकी सहरमा रहेको एक आयल टर्मिनलमा आक्रमण गरेका छन् ।

यसैगरी रुसी सेनाले पूर्वी युक्रेनमा अवस्थित देशकै दोस्रो ठूलो सहर खारकिएभमा प्राकृतिक ग्याँस पाइपलाइनमा समेत आक्रमण गरी ध्वस्त बनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो पाइपलाइन ध्वस्त भएपछि रुसबाट निर्यात गरिएको ग्याँस युरोपमा पुग्छरपुग्दैन भन्नेबारे भने यकिन नभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस