फागुन १५, कालीकोट। कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् ।
पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा ¥याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर ¥याफ्टिङ गरेर अध्ययन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो ।
कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो । “यहाँको पर्यटक प्रवद्र्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरेको छ”, उहाँले भन्नुुभयो, “सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै नै कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्नेछौँ ।” उहाँले हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौँ भन्दै पचालझरना हेर्न आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताउनुभयो ।