माघ १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३,१४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २ हजार ४ सय २ जना, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् ।