कात्तिक १०, काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।
सुरुवातदेखि चौथो स्थानमा रहेको माओवादी आठ लाख १४ हजार ७७८ मतसहित तेस्रो स्थानमा उक्लिएको हो । एमाले पहिलो स्थानमा कायमै छ । एमालेले १९ लाख १५ हजार ११० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ४४ हजार ९११ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९४ हजार ८७० मत प्राप्त गरेको छ । स्वतन्त्र पार्टी यसअघि तेस्रो स्थानमा थियो ।