• २०८२ बैशाख ९ गते मङ्गलवार

जुधेर गैँडा म¥यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६÷१७ वर्षको भाले गैँडा मरेको हो । अर्काे गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।
गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन् । जसमध्ये दुई चोरी सिकारी, दुई मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् ।

प्रतिक्रिया दिनुहोस