मंसिर ९, काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा आज राति इंग्ल्याण्डले अमेरिकाको सामना गर्दैछ । यी दुई टिमबीचको खेल राति १२ः४५ देखि अल बेत स्टेडियममा सुरु हुनेछ ।
अमेरिकाविरुद्ध मैदान उत्रँदा इंग्ल्याण्ड जारी विश्वकपमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा इरानलाई ६–२ ले हराएको थियो । अमेरिका पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा वेल्सविरुद्ध बराबरी खेलेको थियो । इंग्ल्याण्ड र अमेरिकाले हालसम्म ११ खेलमा एकअर्काकाे सामना गरेका छन् । जसमा इंग्ल्याण्डले आठ र अमेरिकाले दुई खेल जित्दा एक खेल बराबरीमा सकिएकाे छ ।
सन् १९५० काे फिफा विश्वकपअन्तर्गत भएकाे पहिलाे भेटमा अमेरिकाले १-० काे जित निकालेकाे थियाे । इंग्ल्याण्डले १९५३ मा ६–३, १९६० मा ८–१, १९६४ मा १०–० र १९८५ मा ५–० काे फराकिलाे जित निकाल्याे । यी सबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थिए । १९९३ मन भएकाे युएस कपमा अमेरिकाले २-० काे जित निकाल्याे । याे अमेरिकाले इंग्ल्याण्डलाई हराएकाे अन्तिम खेल हाे । त्यसयता भएका पाँच मध्ये चारमा इंग्ल्याण्ड विजयी हुँदा एक खेल बराबरीमा सकिएकाे छ । इंग्ल्याण्डले सन् १९९४ मा २–०, २००५ मा २–१ र २००८ मा २–० काे जित निकालेकाे थियाे ।
यी सबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन् । सन् २०१० काे विश्वकपमा दुवै टाेलीले १–१ काे बराबरी खेल्दा अन्तर्राष्ट्रिय मैत्रीपुर्णअन्तर्गत सन् २०१८ मा भएकाे पछिल्लाे भेटमा इंग्ल्याण्ड ३–० ले विजयी भएकाे थियाे ।