• २०८१ असोज २२ गते मङ्गलवार

शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस