• २०८२ बैशाख ९ गते मङ्गलवार

प्रधानमन्त्री देउवा बोल्न लाग्दा नागरिकता विधेयकको बिरोधमा नाराबाजी (तस्बिरहरु)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी भएको छ । सोमबार राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरेका हुन् ।

नागरिकता विधेयक र एमसीसीको बिरोध गर्दै उनले नाराबाजी गरेका थिए । प्रधानमन्त्री देउवाले सम्बोधन गर्न माइक तर्फ जाँदै लाग्दा उनले नारा लगाएका थिए । नागरिकता विधेयक खार्ज गर्, एमसीसीको मतियार देउवा मुर्दावाद् लगायतका नारा उनले लगाएका थिए । आफूविरुद्ध नारबाजी भइरहँदा देउवाले पनि उनीतर्फ हेरेका थिए ।

उनले नारा लगाइरहँदा सुरक्षाकर्मीले उनलाई बाहिर निकालेका थिए ।

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस