• २०८० फाल्गुन १२ गते शनिवार

वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।

भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो ।

वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस