वैशाख १२, रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको पाँचै वटा स्थानीय तहमा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भएको छ । जिल्लाका प्रमुख दलहरू तथा स्वतन्त्र उम्मेदवारले दोस्रो दिन उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज जिल्लाभर नै शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । मुख्य तीन दलले गठबन्धन नगरीकन मनोनयन दर्ता गराएका छन् भने साना दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
केहीले बागी उम्मेदवारी दिएका छन् । यो चुनावमा रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन को कार्यालयले जनाएको छ ।