• २०८१ असोज १ गते मङ्गलवार

एकीकृत समाजवादीबाट पोखरामा धनराज र हेटाैंडामा मीना मेयरका उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १२, पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् ।पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएकाे छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उपमहानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरकाे टिकट दिएको छ ।

इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।

आज मनाेनयन दर्ताकाे अन्तिम दिन हाे ।

प्रतिक्रिया दिनुहोस