• २०८१ असोज २० गते आइतवार

माइतीघरदेखि बानेश्वरसम्म ठुलो सङ्ख्यामा प्रहरी तैनाथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वर सम्मको सडकमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरू राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद् भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठुलो सङ्ख्यामा प्रहरी खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस