• २०८१ फाल्गुन ७ गते बुधवार

सिमकाेटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

माघ ११, हुम्ला । हिमपातका कारण हुम्लाकाे सिमकाेट विमानस्थलमा दुई दिनदेखि राेकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार दिउँसो १२ बजे नेपालगञ्जका लागि उडान भरेका हुन् ।

हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सीता एयरका दुई जहाज सिमकोट विमानस्थलमै रोकिएका थिए । आइतबारदेखि जिल्लामा हिमपातसँगै बाक्लाे कुइरो लागेपछि कुनै पनि विमान कम्पनीलेले नियमित उडान गरेका थियनन् । मंगलबारबाट अन्य विमान कम्पनीले पनि नियमित उडान थालेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस