असोज ८, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट १६० जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । ड्रीम हाउसमा शनिबार नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी परित्याग गरी मन्दिर तिमिल्सिनाको नेतृत्वमा १५० जना नेकपा एमाले प्रवेश गरेका हुन् । यसरी एमाले प्रवेश गर्नेमा नेकपा एस समर्थित युवा संघका सदस्यहरू रहेकाे नेकपा एमाले काठमाडौं जिल्ला स्कुल विभाग सदस्य विकास चालिसेले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाली काङ्ग्रेसका १० जना क्रियाशील सदस्यसमेत एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र निवर्तमान सांसद एवम् केन्द्रीय सदस्य कृष्ण राईले टीका र खादा लगाएर प्रवेश गराएका हुन् ।