• २०७९ साउन २४ गते मङ्गलवार

स्वार्थअनुसार भाका फर्ने नेता ‘अध्यक्ष यादव’

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

साउन ८, काठमाडौँ । गत असार ३२ गते नेपाल–चीन हिमालयमैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ कार्यक्रममा बोल्ने क्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी ओली नेतृत्वको सरकार हट्नुमा भूराजनीतिक प्रभाव कारण रहेको बताए ।

केपी ओलीसमेत उपस्थित उक्त कार्यक्रममा यादवले भनेको कुराले यसअघि उनी स्वयंले ओली सरकार बहिर्गमनका बारेमा दिएको अभिव्यक्तिलाई खण्डन गर्‍यो । ओली नेतृत्वको सरकार बहिर्गमन भएपछि जसपाले गत भदौ ११ मा जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली–ठाकुर (महन्थ ठाकुर) समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकाले सत्ताच्युत भएर जनतामा नांगिएको टिप्पणी गरेका थिए ।

यादवले ओली नेतृत्वको सरकार परिवर्तनविरोधी भएकाले आफूहरूले सत्ताच्युत गरिदिएको बताएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस