• २०८१ भाद्र २४ गते सोमवार

१२१ पालिकामा प्रमुखमा माओवादीले निकाल्यो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।

मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली कांग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

अहिले ११ वटा पालिकामा मतगणना जारी रहेको छ । तीमध्ये एक स्थानमा माओवादीको उम्मेदवारको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस