फागुन १२, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गरेका छन् । लिङ्देनले महामन्त्री मोहन श्रेष्ठलाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेका छन् ।
यस्तै प्रवक्ता राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् ।
यस्तै ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।