• २०८१ चैत्र २ गते आइतवार

तेस्रो स्थानका लागि ओमान र नेपाल भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ । आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ। अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन जोड्यो।

नेपालले दोस्रो ओभरदेखि नै ओमानको विकेट लिन सुरु गरेको थियो। १० ओभरसम्ममा ओमानले ४ विकेट गुमाउँदा ३१ रन मात्र जोडेको थियो। ओमानका ओपनिङ ब्याट्सम्यान जतिन्दर सिंह २ रनमा रनआउट हुँदा काश्यप प्रजापति ५ रनमा आउट भए।

यस्तै सोइब खान ३ रन र मोहमद नदीम १ रनमा पेभिलियन फर्के। कप्तान जीसन मक्सूदले २१ रन जोडेका थिए भने आयन खानले १६ रन बटुले। सन्दीप गोउड १ रन र नेस्टर धम्माले ३ रन भन्दा बढी जोड्न सकेनन्। सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि नीशम खुसीले १५ रन जोडे भने कालीमुल्लाहले नटआउट १४ रन जोडे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले चार ओभरमा १३ रन खर्चिए।

कमलसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा र सागर ढकालले १(१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस