• २०८१ असोज २० गते आइतवार

निगमका विमानस्थल सुरक्षा कमाण्डर निलम्बित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ । नेपाल वायु सेवा निगमको कतार उडान भर्ने विमानमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ । छानबिन जारी रहे पनि संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएकाले थापालाई निलम्बन गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए । निगमले क्याप्टेन विजय लामाको संयोजकत्वमा छानविन उपसमिति गठन गरेको छ ।

निगमको ढल्(ब्ीथ्, ब्ष्चदगक ३३० जहाज दोहा उड्ने क्रममा गत फागुन ९ गते जहाजको ढोकामा बोर्डिङपास र सुरक्षा चेकजाँचबिनाका शंकास्पद व्यक्ति भेटिएका थिए । गत सोमबार ९९फागुन० राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा एक शंकास्पद व्यक्ति विना बोर्डिङपास भेटिएका थिए ।

शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग पास बोर्डिङ मागेका थिए । ती व्यक्ति रौतहटका १८ वर्षीय हस्पम आलम रहेको निगमले जनाएको छ । उनी मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस