• २०८१ मङ्सिर २२ गते शनिवार

हामी भिड्ने एमालेसँग नै हो, अरु पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन् : अध्यक्ष लिङ्देन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा नेकपा (एमाले)सँग हुने बताएका छन् ।

आज काठमाडौँको एक कार्यक्रममा बोल्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा एमालेसँग हुने बताएका हुन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीहरु १०० भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले नै भएको जिकिर गरे ।

आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गर्दै अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए । देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको उनले बताए ।

“यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा (एमाले)सँग भएको छ । अरु पार्टीहरुको त हिसाबकिताब नै छैन,” उनले भने, “उमेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सयभन्दा तल छन् । कोही त ५० भन्दा तल छन् ।”

प्रतिक्रिया दिनुहोस