फागुन ११, काठमाडौं । बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा बिभिन्न एप्लिकेशनहरु मार्फत गैर कानूनी तवरले लोन स्क्याम गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिभिन्न एप्लिकेशनहरु मार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरु उपर बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।