फागुन ११, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक खड्काको नेतृत्व र निर्देशनमा नेपाल स्काउटको लैनचौरस्थित प्रधान कार्यालयमा तोडफोड र लुटपाट भएको छ । नेपाल स्काउटको जग्गा भाडामा लिएर बसेको खड्का ल्याण्ड डेपलभमेट प्रालि सञ्चालकको समूहले स्काउटको कार्यालयमा लगातार दुई दिन आक्रमण गरेर केही सामान लुटपाट समेत गर्नुभएको छ ।
खड्काल्याण्ड प्रालि संखुवासभाका पूर्व सांसद तथा कांग्रेस नेता दिपक खड्काको कम्पनी हो । उक्त कम्पनीले स्काउटको जग्गा जबर्जस्ति कब्जा गरेर अवैध संरचना निर्माण गर्न थालेपछि त्यसलाई रोक्न खोज्दा कर्मचारीमाथि आक्रमण भएको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
नेपाल स्काउटको जग्गा तथा सटर भाडामा लिएकार सो प्रालिले साढे ३ करोड रुपैयाभन्दा बढी भाडा रकम नतिरेको समेत स्काउटले जनाएको छ । भाडा नतिर्ने र उल्टो स्काउटको पार्किङ एरियामा संरचना बनाएर भाडा लगाउन थालेको बताइएको छ । खड्काल्याण्ड प्रालिले स्काउटका सटर तथा भवनहरु मासिक लाखौं रुपैया भाडामा लगाएर स्काउटलाई पैसा दिएको छैन । कांग्रेस नेतृत्वको सरकार अएसँगै खड्काले लुटपात तथा चोरीलाई अंगालेको स्काउटका ेघटनाबाट बुझ्न सकिन्छ । सत्ता र शक्तिको दुरुपयोग गरी सार्वजनिक रुपमा लुटपात तथा चोरीमा लाग्नु खड्काको विगत, वर्तमान र भविष्य समेत अन्धकारको बाटो तय हुँदै गएको छ ।
मंगलबार दिउँसो खाजा खाने समयमा २५ जना अपरिचित व्यक्तिहरु छिरेर कार्यालयको प्रिन्टर, कम्युटर, नेम प्लेट लगायतका सामानहरु तोडफोड गरी एक थान ल्यापटप चोरेको कार्यालयमा रहेको सीसीटिभीमा देखिएको छ । स्काउटको जग्गा कब्जा गरेको खड्काल्याण्ड डेपलभमेट प्रालिका सञ्चालक दिपक खड्कासँग सोमबार भाडाको विषयमा विवाद भएको थियो । सोही विवादको कारण मंगलबार कार्यालयमा गुन्डा ल्याएर सांघातिक आक्रमण गरेको नेपाल स्काउटको कार्यालय प्रमुख रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सोमबार पनि अबैध संरचना हटाउने विषयमा छलफल गर्न जाँदा स्टाफमाथि आक्रमण गर्ने प्रयास भएको थियो । आक्रमणको प्रयास गरेपछि प्रहरीले विवाद मिलाएको थियो । कार्यालय प्रमुख भट्टराईले प्रहरीलाई उजुरी गर्ने तयारी भइरहेकाले अब कानुनी हिसाबले अगाडि बढ्ने बताउनुभयो । यसको सबै योजनाकार खड्का ल्याण्डडेभलभमेन्ट प्रालि रहेको उहाँले दावि गर्नुभयो । खड्काल्याण्डले सम्झौता भन्दा विपरित स्काउटको ७ रोपनी पार्किङको जग्गा उल्टै कब्जा जमाएर बसेको छ । त्यो सँगै भवनहरु तोडफोड गर्न मोडिफाइ गर्न स्काटउटसँग सहमति लिनुपर्छ । सहमति नलिई भवनहरु तोडफोड गरेर आफनो अनुकुलको प्रयोग गर्दै आइरहेको छ ।
उक्त घटनाको स्काउटले विज्ञप्ती जारी गर्दै कडा शब्दमा आपत्ती जनाएको छ । खड्काल्याण्ड डेभलपमेन्ट प्रालीलाई कानुनी कारवाहीको माग समेत स्काउटले गरेकोछ ।