फागुन ११, हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । उक्त बन्द सत्रमा कार्यवाहक अध्यक्ष ज्ञामी बुमीले पार्टी प्रतिवेदन प्रस्तुत गर्नुहुने जनाइएको छ ।
बन्दसत्रमा ३५० सहभागीले भाग लिने पार्टी सचिव पूर्णप्रसाद ढकालले जानकारी दिनुभयो । एमाले कर्णाली प्रदेशका इन्चार्ज गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल बन्द सत्र उपस्थिति रहेको छ ।