माघ ९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । उाि कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत छिन् ।
कोरोना संक्रमण देखिएपछि तीन दिनअघि उनलाई ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन् । चिकित्सकका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने छ ।
केही समयअघि मात्र प्रचण्डलाई कोरोना संक्रमण भएको थियो । उनलाई नेगेटिभ आएलगत्तै सीतालाई पोजेटिभ देखिएको हो ।