• २०८१ फाल्गुन ७ गते बुधवार

तीन सय वर्ष पुरानो मूर्ति चोरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, ललितपुर।ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ।गए राति उक्त मूर्ति चोरी भएको हो।

मूर्ति चोरी भएको घटना बिहानमात्रै थाहा भएको थियो।मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो।मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए।ललितपुरका प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बालकुमारी मन्दिरको मूर्ति चोरी भएको जानकारी आएलगत्तै खोजी कार्य जारी राखिएको बताए।‘दुई फिट अग्लो पित्तलको मूर्ति चोरी भएको जानकारी आएको छ। हामी खोजी कार्य गर्दैछौं,’ उनले भने।

यो मूर्ति करिब तीन सय वर्ष पुरानो रहेको बताइरहेको छ।

प्रतिक्रिया दिनुहोस