मंसिर ६, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार पराजुलीले ५ हजार ६६९ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।
कूल २३ हजार ८७ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले ४ हजार ३९२ र लोकतान्त्रिक–वाम गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ३ हजार ९५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । यस्तैै १ हजार १ मत बदर भएको छ ।
काठमाडौं क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।