• २०८१ साउन १ गते मङ्गलवार

रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् । मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।

जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस