• २०७९ असोज ९ गते आइतवार

नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २६२ जनाको परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४०५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस