• २०७९ असोज ९ गते आइतवार

सातवटा प्रधानमन्त्री भोगे, तर ओलीजस्तो कोही भेटिँन : पूर्वप्रहरी महानिरीक्षक खनाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौँ ।  पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा उनले एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताउदै उनले भने, ‘एमाले पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु, ।, मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ, ‘सिके राउत र विप्लव समूहलाई पनि शान्तिपुर्ण ढंगले मुल राजनीतिक धारमा ल्याउनुभयो ।’

प्रतिक्रिया दिनुहोस