• २०८१ फाल्गुन ७ गते बुधवार

जापानी प्रधानमन्त्रीलाई कोभिड संक्रमण

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, टोकियो। जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड १९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

Fumio Kishida delivers a speech during an extraordinary Diet session at the lower house of parliament in Tokyo, Monday, Oct. 11, 2021. (AP Photo/Koji Sasahara)

एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो–ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ ।

जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस