• २०८१ साउन १ गते मङ्गलवार

पूर्वराजदूत शेर्पा, बुद्धिजीवी देवकोटासहितले छाडे माओवादी, एमाले प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौं । नेकपाको स्थापना दिवसकै अवसर पारेर आज माओवादी केन्द्रीय सदस्य तथा सहकारी बिभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संबिधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । स्थानीय तहको निर्वाचको मिति नजिकिदै जाँदा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडदै एमाले प्रवेशको लहर चलेको हाे ।


यस्तै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका चर्चित नेताहरु पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बिशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस